Articles

नेपालको शैक्षिक अवस्था र अहिलेको शिक्षा प्रणाली
पढ्नुको अर्थ बौद्धिक रुपले मान्छे झैँ देखिनु, प्राविधिक र उत्पादनको हिसाबले आत्मजीवि बन्नु नै हो । त्यसैले यसलाई उत्पादनमूखी र बौद्धिक रुपले विष्फोटक बनाउनु अति जरुरी हुन्छ । तर यस्तै रबैयाको शैक्षिक माहोलले एउटा गरिब डिग्री पास गरेर सर्टिफिकेट बोकेर जागिरको लागि धाउँदा धाउँदा आजित बन्छ र अन्ततः नराम्रो हर्कत तर्फ लाग्छ र अर्को एउटा धनी बाउको छोरो डक्टर बन्छ लाखौ लगानिमा र सरकारी जागिरे बन्छ र उ एकैचोटि सातपुस्ता जोड्न लाग्दछ, कि उ नर्सिङहोम खोली गरिबलाई तर्साउँछ वा उ यसमाथि समेत काला बजारीको तल्लो पतित बिन्दुसम्म झर्छ म यो समूदायको आत्मसम्मानलाई ठेस पु¥याउँने ती हर्कतहरु उजागर गर्न असक्षम छु । आखिर के भयो सरकारी र नीजिको फरकले सबैलाई अपराधको बाटो खुला गरिदिएको छ ....
Full Article ....

प्रचण्डलाई खुलापत्र ......लेनिन कि रोहित ?
तपाईंहरुको भारतीय विस्तारवादलाई मात्र सुगा रटाई लगाउने एकाङ्कीवाद जसले ती गरिब, शोषित, श्रमिक करोडौं भारतीय जनताको पक्षमा एक शब्द पनि नबोल्नु विरोध गरेको शैलीमा सत्ता प्राप्तीको लागि चालिएको रणनीतिक पटाक्षेप मात्र त होइन ? एउटा विहारको भोको पेट नेपालको पहाडसम्म फलामका टुक्रा, बोतल–कागज बटुल्न र कपडाको पोको बोकेर नाङ्गो खुट्टा नाच्छ त्यसबेला तपाईहरुलाई नेपाली अहंमकारले चिथोर्छ । आखिर मधेसको झुपडीमा चुहिने छानो भित्र सुनौलो संसार बुन्दै गरेको त्यो भूमीहिन र त्यो विहारीमा के भिन्नता छ ? ‘त्यस्तो कुनै पनि देशमा जुन राष्ट्रको झण्डामूनि उसको जन्म भएको होईन, लड्नु र रगतको प्रत्येक थोपा बगाउनु भनेको जीवित रहेका व्यक्तिहरुका लागि एउटा अनुभव हो, जुन संघर्ष र बलिदान आफ्नो मुक्तिको संघर्षसँग पनि जोडिएका छन् । प्रत्येक राष्ट्रको मुक्ति आफ्नो देशको मुक्तियुद्धको विकास कै एउटा चरण माथिको विजय हो’, (चे ग्वेभारा) । भारतीय विस्तारवाद र पूँजीवाद नेपाल, भुटान, बङ्गलादेशका साथै स्वयं भारतीय श्रमिकहरु–मजदुरहरुको साझ शत्रु हो नै । ..........................
Full Article

युद्ध र युद्ध व्यवहार 
चोरबाटोबाट जीवनलाई विलासी बनाउने कार्यहरु आज वितत फैलिरहेछ । कोहि अग्लिदै जाने र कोही भासिदै जाने क्रम बढ्दो छ । आजको एक्काइसौँ शताब्दीको यो मध्ये युगमा पनि मानिसहरु दाश हुने र आफ्नो अस्तित्वको लागि बेचिनु पर्ने अवस्था अत्यन्तै लज्जासपद कुरो आज पुँजीवादले अग्लदै गएको विद्वानहरुको देशमा झन तिब्ररुपमा बढ्दै जानु वर्गिय संघर्षका लागि पुर्वाधारहरु हुन । यहाँ श्रम गर्ने र रातोदिन छाला घोट्नेहरु भोकभोकै मर्नु र श्रम नगरि रातारात करोडपती बनिरहनु स्वभाविक झँै छ । जसलाई यहाँ विकासको मापकको रुपमा लिइन्छ । तर उनिहरुलाई राम्रोसँग थाहा हुनु जरुरी छ की ति मुल्यहरु ती श्रमिक वर्गको श्रम र पसिनाको सृजना हो भन्ने कुरा । जहाँ अब मानिस खानैको लागि २१ घण्टा दैनिक घोटिनुपर्ने र मान्छेमा समेत कोहि दाश र कोहि मालिक बन्ने अवस्थामा ती श्रमजीवि जसले यि सम्पूर्ण गगनचुम्बी विकासहरु अरुका लागि निर्माण गरे अब आफ्नै लागि खोस्न जरुरी छ उनिहरुलाई यस्तो अवस्थामा चुप लागेर बस्ने अधिकार किञ्चित छैन  । ......
Full Article......

मधेसी दलहरुको क्षेत्रिय संक्रिणता र भारतढोग
सघिय संरचना सहितको राज्यपुनसंरचनाको वैधानिकताले पूर्णता पाउन अब सम्पूर्ण सक्रिणता त्यागेर सबै मानविय किल्लामा उभिएर उन्मुक्तिको प्रथामिकता क्रम निर्धारण गर्नुपर्दछ । राजनैतिक दल नामको झुटको झोली बोकेर संघियतामा समेत अर्को नवसामन्तवाद वा नवउदारवादको छाँया पर्न सक्ने तर्फ सबेै नेपालीहरु चनाखो रहनुपर्दछ । मानव मुक्तिको निम्ति क्रान्ति गर्नेले कुनै पनि क्षेत्रिय सिमाङ्कनमा बाधिनु दरिद्रताको अन्तिम बिन्दु हो ।...
Full Article...

नयाँ नेपाल
 विगतको केन्द्रीकृत शासनबाट उत्पीडित भएका सम्पूूर्ण श्रमिक, मजदुर, ज्यामी, भरिया, महिला, दलित, जनजाती, मधेसी, सिमान्तकृत जनताहरु त यहाँका अजिव विशेषताको रुपमै रहेका छन् । गरिब, निमूखा, भोकानाङ्गाहरु आज खान मागिरहेका छन् । टुहुरा, असाहाय, सडकबालबालीकाहरु आज फोहरका किटाणु झै शहरी सडकका गल्ली गल्ली फोहरका थुप्रोमा लडिबुडि गरिरहेका छन् जसले मानव राज्यको घमण्डलाई चुनौैती दिइरहेको छ । चुलो चौकोमा सीमित, घरेलु हिसांमा पीडित, बेचिएका महिलाहरु आज अधिकार प्राप्तीको लागि संगठित हुदै छन् । सुकुम्बासीहरु, घरबारविहिन, हलिया, कमैयाहरु, वादीहरु आज गास, बास र कपासको निम्ति संघर्ष गरिरहेका छन् । अपाङ्ग, असाहाय, विधुवा, वृद्धहरु अवसर र आरामको खोजीमा भौतारिरहेका छन् । मजदुर, श्रमिक, ज्यामी, भरिया, किसानहरु अझै बाच्नैको निम्ति पुँजिपती, जमिनदार, सामन्ती साहु महाजनसँग आफ्नो श्रम मुल्यहिन दाममा लिलाम गरिरहेका छन् । दलित, जनजाती, आदिवासी, सिमान्तकृत जनताहरु, लोपन्मूख जातीहरु आफ्नो सम्मान र अस्तित्व संरक्षणमा एकजुट भईरहेका छन् ।..
Full Article

प्रचण्ड अपेक्षाको घेरामा
समयको गहन संवेदनशिलता र सीमितता एकै साथ देखा परेका छन् । नेपाली जनताहरु अब पनि यो सूचना र प्रविधिको वैज्ञानिक युगमा पनि दुईछाक खानैको निम्ती संघर्ष गर्नुपर्ने तितो विवशताको अन्त्य चाहन्छन् । यदि यो सरकार पनि औपचारिकतामै सीमित रह्यो भने परिणाम दुर्भाग्यपूर्ण हुनसक्छ । विगतका शासकले झै कालो चस्मा लगाएर दिउँसै अध्यारो बनाई केवल औपचारिकताको रङ्ख पोती बालुवाटार र सिंहदरबारबाटै आम जनताको स्वभिमान र स्वार्थको लिलाम गर्ने सबै किसिमका गुह्य चटकहरुलाई निरन्तरता नदेओस् भन्ने चाहन्छन् नेपाली जनता । ....
Full Article

दलितबस्ति भित्र
उनिहरु लुगा सिउँछन्, भाडाँकुडाँ बनाउछन्, माछा मार्छन बेच्नको निम्ती, दराज, सोफा, खाने टेबुल, बस्ने कुुर्सी, सुत्ने खाट पनि बनाउँछन्, पाइखाना बनाउँछन्, पुजा गर्ने ठाउँ बनाउँँछन्, अनि सालिग्राम राख्ने ठाउँ पनि बनाउँछन्, साथै शुभकार्यमा बाजा बजाउँछन्, विवाह, वर्तबन्ध, पास्निमा समेत गुञ्जायकमान बनाउँछन्, अनि मरेपछि स्वर्ग पनि तारिदिन्छन्, खुट्टामा लगाउने जुत्ता देखि शिरमा लगाउने टोपी सम्म बनाउँछन्, अनि अझै हलि बस्ने, कमारा कमारी बस्ने, होटल रेष्टुराँमा भाडाँकुडाँ माझ्ने समेत पनि गर्छन् । अरुहरु धर्तिमा जन्माइदिन्छन् अनि उनिहरु हुर्काइदिन्छन् । यो अती अझ अरु झन कति सबै अनिहरुकै कृति यी सबै कृति अरुहरुको वृती बन्दछ । तर यि सबै चल्छन्, अपशोच ! यी चल्दैनन्, सँगै बस्न, सँगै खान, घर भित्र पस्न, सार्वजनिक धारो, कुवामा समेत बन्देज, अनि आफै बनाउँछन् तर ति मन्दिर, स्कुल, हस्पीटल, चौतारा, पाटी समेत निषेध, साथमा भोजभतेर, विवाहा, वर्तबन्ध, कर्मकाण्डादीमा समेत अपमानित क्रमबद्दताको बाध्यात्मक अनुभुती, अनि बैवाहिक सम्बन्ध बन्धनको ठुलो पहाड आदि अनेकैं । यसरी अरुकै कोट लगाएर मन्दिर–मन्दिर, चर्च–चर्च, गुम्बा–गुम्बा, अनी चैत्य–चैत्य धर्म र मुक्तिका लागि धाउनेहरु म निसंकोच देखिरहेको छु ।....
Full Article...

नेपाली राजतन्त्रको इतिहास
हुनत रगत र इतिहासको गहिरो सम्बन्ध हुन्छ । तर पनि त्यसमा जनताको वास्तविक हित वा स्वार्थको घोषित नियत बेगर त्यो त्याग बलिदानको कुनै महत्व रहदैन । यदि जनताको उद्दारको कुरालाई बिर्सेर इतिहास खोज्ने हो भने राष्ट्रिय एकिकरण मार्फत आफ्नो पहलकदमी बढाउने श्रेय भने पृश्वीनारायण शाहलाई नै जान्छ तर पनि उनले जुन वंशिय विरासतका रुपमा आफ्ना सन्तानका लागि गुह्य चटकहरुको मञ्चन गर्ने रणमैदान बनाइदिएको भने पक्कै हो । त्यस पछि रानीभक्त, यौनपिपसु, आफै माथि अरु सुतेको पनि थाहा पाउन पनि नसक्ने अवस्थाका संकुचित स्वार्थ र इज्जत नभएका दरबारभित्र सीमित अझ भनौं महारानीका कोठरी भित्र सीमित पृश्वीविक्रम सम्मका नालायकिहरुको कालो इतिहासमा कतै पनि छैनन् जनता अनि कतै छैनन् राष्ट्रियता र जनप्रेमको कथा । यहि थियो विगतको शाहवशंको यथार्थ धरातल । ...
Full Article