शाहवशिंय राजतन्त्रको इतिहासको एउटा समय थियो जहाँ हजारौँ हजार जनताले आफ्नो स्वाभिमान, राष्ट्रिय स्वार्थ र अस्तित्वलाई तिलाञ्जली दिएर दासताको रुपमा आन्तरिक गूलामीको क्रमबद्धतासँगैको इतिहासको एक क्षतिलाई सहर्ष स्वीकारे । त्यहाँ अझै गर्वानुभूत थियो, निदोर्षितताको बेहोसिपन । तर खोई प्रशंसिय इतिहास यो संस्थासँग जोडिएर लेखिएन अनि पढिएन पनि तर जबर्जस्त बनाइए दस्तावेज र घोकाइए कोरा इतिहास नालायकी र उदारपनका खातिर । हुनत आर्य धर्मसँगको यसको बलाद् उपस्थिति नै यसको एक मात्र भविष्य थियो जो आज चुडिएको छ । हुनत राजतन्त्रको सातसाल कालखण्डको अगाडि त्यसपछिको प्रजातान्त्रीक भनिएको इतिहास भन्दा तुलनात्मक रुपमा उत्तम नै मान्नुपर्छ यसको मतलब राजतन्त्रको देन वा निरन्तरताको वकालत विल्कुल होइन ।
हुनत रगत र इतिहासको गहिरो सम्बन्ध हुन्छ । तर पनि त्यसमा जनताको वास्तविक हित वा स्वार्थको घोषित नियत बेगर त्यो त्याग बलिदानको कुनै महत्व रहदैन । यदि जनताको उद्दारको कुरालाई बिर्सेर इतिहास खोज्ने हो भने राष्ट्रिय एकिकरण मार्फत आफ्नो पहलकदमी बढाउने श्रेय भने पृश्वीनारायण शाहलाई नै जान्छ तर पनि उनले जुन वंशिय विरासतका रुपमा आफ्ना सन्तानका लागि गुह्य चटकहरुको मञ्चन गर्ने रणमैदान बनाइदिएको भने पक्कै हो । त्यस पछि रानीभक्त, यौनपिपसु, आफै माथि अरु सुतेको पनि थाहा पाउन पनि नसक्ने अवस्थाका संकुचित स्वार्थ र इज्जत नभएका दरबारभित्र सीमित अझ भनौं महारानीका कोठरी भित्र सीमित पृश्वीविक्रम सम्मका नालायकिहरुको कालो इतिहासमा कतै पनि छैनन् जनता अनि कतै छैनन् राष्ट्रियता र जनप्रेमको कथा । यहि थियो विगतको शाहवशंको यथार्थ धरातल । अनि पछि —शोषण, दमन, लुट र अत्याचारको दिवालिया सहन नसकि आफ्नो भागमा भित्राउन राष्ट्रिय स्वाभिमानलाई समेत अर्कोलाई सुम्पन विदेशीको शरणमा पुगी प्रजातन्त्रको नाममा सुस्त रुपमा भईरहेको स्वाभाविक प्राकृतिक विकासक्रमलाई समेत आफ्नो स्वार्थ अनुकुल बनाउन तल्लिन थिए, त्रिभुवन र उनको तथाकथित राष्ट्रियता । साँचो अर्थमा जनता मजदुरी र श्रमको त्यो पसिनाको मुल्यमा रहेको गास, बास, कपासलाई समेत आफ्नोमा पाएनन् । यस अवस्था सम्म एकप्रकारका युगपुरुष र उच्च मान्छेहरु—अमरसिंह, भक्ति, बलभद्र आदि को श्रमको विरासतको रुपमा रहेको यो नेपालको स्वाभिमानलाई समेत उनिहरुले कहिल्यै बचाएर राख्नुपर्ने कुरालाई समेत उनिहरुले कहिल्यै आफ्नो प्राथमिकतामा राखेनन् ।
विचारबाट र व्यवहारबाट निर्देशित राजनैतिक माहौल अनि जनताको सक्षमता र सहभागिताको प्रत्याभूत त महत्वकांक्षा हुन्थ्यो तर पनि गरिब, निमूखा, असाहाय, भोका, नाङ्गा, अपाङ्ग, टुहुरा, विधुवा, सडकबालक, भरिया, ज्यामि, मजदुर, राष्ट्रिय अस्मिताको अझ भनौँ राज्यको दुवाइबाट पीडित, मानसिक रोगीहरु, दलित, महिला, धरेलु हिंसाबाट पीडितहरु, आदिबासी जनजाती, मधेसी, हिमाली, पहाडी, भूमिहिन, हरुवा चरुवा, हलिया, कमलरीहरु, गोठालाहरु, वा अझ भनौँ भौगोलिक विकटतामा चेपिएकाहरु, मजदुर, किसानहरु, श्रमिकहरु आदि अनेकौं जो साँचो अर्थमा नेपालीहरु हुन जसले राज्यबाट कहिल्यै आशा राखेनन् बरु त्यो दुर्गमतालाई उनिहरुले नियती वा भाग्यको लेखाको रुपमा लिए । न त त्यहाँ राज्य भन्ने वस्तुको उपस्थिति नै थियो । यो कस्तो महान सार्वभौम राज्य जहाँ जनताको ब्याख्या नै हुदैन । १४÷१५ साल तिरका मातृका, वि पी भनिने तथाकथित जननिर्वाचित भनिनेहरु हुन वा अन्य कथित राजनीतिज्ञहरु हुन सबैले काठमाण्डौलाई राज्य र राजालाई विष्णु सम्झे र पुजा गरिरहे तर जनता सधै भोक प्यासमा तड्पिरहे । दुइचार ठूला चिल्ला कुरामा जनतामा लोकप्रियता कमाउन तिर नै उनिहरु लागिरहे तर व्यवहारिक रुपमा सधै शुन्यता नै रहि रह्यो । उनिहरु आज जननेताले पुजिन्छन् यो पनि एक विडम्बना नै हो ।
यो कुरो सुनाउँदा मेरो लज्जाको सीमा नाघिसक्छ । जो उनिहरु जनताको शाषक भएकोमा गर्व गरिरहुन । ती शाही शाषकहरु तथाकथित महान राष्ट्रिप्रमी भनिएका मानसिक उदण्डताले युक्त शोषक सामन्त जसले जनतालाई भारी बोकाएर आफु उनिहरुमाथि नाचिरह्यो । यो पंक्तिमा देश लुटेर जनताको आधारभूत मौलिक अधिकार समेत कुण्ठित गर्ने शाहिमुलका महेन्द्रको उदय भयो । जसको उदय नेपाली आकाश माथि अर्को औंसीको रात बराबर थियो । त्यसपछि देशमा व्याप्त लुटेराहरुको एकदलिय निरङ्कुुसतन्त्र, तानाशाहि, नोकरशाह शाषनको क्रमसँगै विरेन्द्रको उदय भयो । जो जनतालाई केही लालिपप देखाएर लुट्नमा माहिर थिए । यहाँ सम्म पनि नेपाली जनताले उनिहरुको नाङ्गने नाच अपलक हेरिरहनु प¥यो । जनताको चाहाना बुझ्ने बहानको नाममा जनमत संग्रहको नाटक मञ्चन गरी जनविद्रोहको आवजलाई आफ्ना भरौटे सुर्यवहादुर थापाहरुको ज्याददीले छिल्ताङ, खोपिङको मुटुमा नुन चुक खन्यायो । आफुलाई उदार सम्झने यो शाषकहरुले नाटकिय रुपमा उनिहरुले सफलता प्राप्त गरे । जनताको बलिदान र अस्मिता अनि राष्ट्र लुट्न पल्केका यी धुर्त शाषकहरुले २०४६ सालको जनरगतको होली पछि जनताको आखाँमा ‘नेपालको सविधान, २०४७’ मार्फत हिलो छ्याप्न सफल भयो । यो सविधानमा पनि आफुलाई पुर्खाको तिघ्राको रुपमा सर्वश्रेष्ठ स्थानमा राखेर जनता माथि नाचिरह्यो । यो सविधान मार्फत उनिहरुको कर्तुतहरुलाई संवैधानिक रुपमा जाहेज मान्नुपर्ने निकृष्ट प्रावधानहरुले सजाइएको थियो र उनिहरु र उनिहरुका घरायसी कुकुरहरु हत्या, बलत्कार, चोरी निकासीमा निलज्ज दौडिरहेका थिए । उनिहरुको आफ्नै दैनिकी झै परिवर्तनशिल थियो त्यो सविधान । जसलाई आतातायी हुडरहरु, स्रामाज्यवाद, विस्तारवाद, र विदेशी पुँजीवादी शक्तिहरुद्वारा उत्कृष्टको नमूनाको रुपमा स्वीकार गरी आफ्नो लुटको क्रिडास्थलका विश्वासिला कुकुर पनि बनेकै थियो । यी यस्ता कार्यहरुले नेपालको स्वाभिमानलाई क्रुर बनाउदै लगेको थियो । जनता अधिकाशंरुपमा गरिब, अज्ञानी, भोकमरी र त्रासबाट त्राहिमम् भइरहेको अवस्थामा राजसंस्थाले र उसका मुट्ठिभरका भरौटेहरुले
आफ्नो अस्तित्व स्वीकार गराउन र आफुलाई विष्णुको अवतारको रुपमा परिचित गराउन धेरै ठूला कसरतहरु गरिरहे । तथाकथित दुइचार अक्षर जानेका भनिएका नेताहरुले पनि जनतालाई लात हानेर शाही दाश बनी आफ्नो सात पुस्ता जोड्न लागे । जसको नालीबेली इतिहासका हामी सबै भुक्तभोगी नै छौँ । जसलाई यहाँ उल्लेख गर्नु जरुरी छैन । जसले नेपालको अथाहा सम्पतीहरुलाई कौडिको मोलमा बेचेर आफुलाई अझसम्म यस देशको मालिकको रुपमा घोकाउँदै हिडिरहेका छन् ।
आफ्नै दाजुभाइ, भतिजाहरु, र अन्य कयौलाई समेत निर्मूल पारेर वा हत्या गरेर नेपाली इतिहासमा गुण्डाराज ज्ञानेन्द्र पारसको उदय पनि एक साहसिक कर्मको उच्च प्रयोग नै हो । यी हत्यारा दिउँसै सडकमा पनि हत्या गर्ने कार्यमा पोख्छ थिए, बलत्कार त यिनीहरुको खान्दानी पेशा झै थियो, मुर्ती चोरी, मानव तस्करी, लोपोन्मूख जनावरको तस्करी त पनि यिनीहरुको एक अतिरिक्त पेशा नै थियो । अझ भनौं यिनीहरुको तथाकथित दरबार नेपाली जनताको रगत पसिनाको ढुकुटी नै थियो, कयौँ चेलीहरुको औँसिको रात, अस्मितार इज्जतको लिलामी हुने ठाउँ थियो, कयौँ नेपाली युवाहरुको बेवारिसेपन र भाडाका टट्टुका रुपमा गुलामी गर्नुपर्ने बाध्यताको बधशाला झँै थियो । यो मानव बधशालाका नायिके आफूद्वारा आफै राजा बनाइएका निकृष्ट दलालीहरु जो पैसा र मोजमस्तीभन्द पर देख्दैनथ्ये हुन । यीनिहरुको नेपाली जनताको निरिहतालाई प्रयोग गर्दै अन्तराष्ट्रिय मञ्चहरुमा नेपाली जनताको नराम्रोसँग हुर्मत लुटे जसले यिनीहरुले नेपाली जनताको अन्तिम निरिहतालाई समेत कत्लेआम गरी आक्रोसको अथाहा शक्तिलाई बल पु¥याए । जसले उनिहरुको चिहान खन्ने काममा एउटा एकेबद्धतामा सहयोग पनि ग¥यो ।
यसरी राजसंस्थासँग जोडिएका सम्र्पूण आक्रोसहरु आज मडारिदैछन् । अब ती जनताहरु उठ्नेछन, शिवपूरीको चिहानबाट, छिल्ताङ–खोपिङका गुफाहरुबाट, मानव बधशाला र सैन्यदस्ताका किल्लाहरुबाट सम्पूर्णरुपमा आफ्नो स्वाभिमान र स्वायक्तताको लागि । जनताको बुझाइको स्तर उठेको छ । अब तथाकथित राजनैतीक दल भनिएकाहरु पनि उठ्नेछन्, गाई मारी गधा पोष्ने प्रवृती त्यगी जनताको इतिहास कोर्न । अब राजनैतीक दलहरुलाई पनि राजसंस्थाले लात हान्न थालेको छ । जसका कारण उनिहरुको घैटोमा पनि लुटको स्वर्ग अर्कोले खोसेकोमा जलन पैदा भएको छ । जनतामा पनि एकप्रकारको धार्मिक संक्रिणता भन्दा पर उठेर भोगिरहेको जीवनशैली भन्दा पर एउटा शुन्दर संसार पनि हुने कुरामा चेतनाको विकास भईरहेको छ । अब आफ्नो दुर्गतीको पनि सिमाङ्कन गर्न जरुरी देखिन्छ जसले मात्र राजसंस्थाको अन्त्यको पुर्जी कटाउन सक्छ । संसारका प्रत्येक वस्तुको जस्तै किसानवर्ग, सर्वहारावर्ग, श्रमिकवर्ग, मजदुरवर्ग र शोषित पीडितहरुको क्रान्तिकारी अधिनायकत्वको अतित र भविष्य छ । त्यसलाई सुनिश्चित गर्न सबै कठोर श्रम गर्नका लागि तयार रहनु आवश्यक छ अब किन्चित ढिला नगरौं । यी अतित र भविष्यको आधार तानाशाही, नोकरशाह दलाली राजतन्त्र , पुँजीवाद र त्यसबाट प्रताडित नेपालीहरु, भुदास प्रथा, सामन्ती –सांस्कृतिक, आर्थिक सम्बन्ध, व्याप्त शोषण, दमन, अत्याचार, रातोदिन श्रम गर्दापनि खानै नपुग्ने स्तरको दहन, भारतिय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद आदि नै हुन । हामीसँग रहेको वा यो जीवनको सबैभन्दा सुनिश्चित कुरो —मृत्यु— लगानी गरौँ र आफ्नै निम्ती र आफुजस्तैका लागि एउटा शुन्दर संसारको रचनामा आजैबाट उठौँ । अन्यथा हामी बाँच्नुको अर्थ केबल शोषणलाई थाप्लोमा थेग्न र जीवन व्यर्थ फटाउनु मात्र हुनेछ । यो विशाल स्वार्थमा सबै एकजुट हौँ ।
जय मानववाद !!
0 comments:
Post a Comment