नयाँ नेपाल .......... २०६५÷०५÷२२


मेरा अनुभव वृतका मूनाहरु कलिला छन् तर पनि मानविय कर्तव्य बन्धनले उजागरणको बन्देज पक्कै गर्दैन । अतः नयाँ नेपाल निर्माण क्रममा कागजी सुनिश्चताको उन्मादलाई व्यवहारीक पक्षसँगको समागम गराइ अस्तित्वयुक्त नयाँ नेपालको जन्म गराउने यो एउटा सुक्ष्म प्रयास हो । सुनेको, देखेको र पढेको मात्रै सहि भए आजसम्म विश्वका अधिकाशं मानिस अन्धकारमै हुने थिए मानव वस्तुले सहि सोच्न सक्दैन भन्नु दुर्भाग्यपूर्ण अपराध हो । मैले यसै तथ्यलाइ प्रधान बनाई मानविय चैतन्य शुन्यबाट राष्ट्र परिवर्तन असम्भव छ भन्ने तथ्य अगाडी सारेको छु । नयाँ नेपाल निर्माण जटिल प्रक्रिया हो यो केवल राजनैतिक प्रचारबाजी र उधारो बजारीकरणबाट राजनैतिक दलहरुको अस्तित्व बचाउमा चालिने अन्धकदमहरु र कागजी दस्तावेजको विवसताले मात्र सहज छैन । मानविय चिन्तनमा ल्याइएको परिवर्तन र ‘ईच्छा र स्वार्थहरु’ को एकल कित्तामा उभिन लायक नवमानवहरुको उपस्थितिले मात्र सम्भव रहन्छ । जनतालाई सुखि सम्पन्न मात्र बनाएर पुग्दैन उनिहरुलाई अधिकार सम्पन्न तुल्याएर मात्र नेपाल लामो यात्राको यात्री बन्न सक्छ । अन्यथा हामी माथि विषमताको बज्रपात बज्रनेछन् जसले हाम्रो राष्ट्रिय अस्तित्व पनि खतरामा पुग्न सक्दछ । त्यसैले विगत देखिका इतिहास, प्रयोग र उपलब्धीहरुको अध्ययन र वर्तमान अवस्थामा हुर्किएका मानविय चिन्तनहरुको अध्ययनबाट मात्र भविष्य यात्रको टिकट काट्न सकिन्छ । सिकारु ड्राइभरलाई गाडी पल्टाउन जुरेथुमनै पुग्नुपर्छ भन्ने छैन भुत्ते र हानिकारक हतियारहरुको प्रयोगले पनि नयाँँ नेपालको दुर्गती अवस्यंभावी छ । 

विद्यमान नेपाल 

राजनैतिक दल र राजसस्था सँगका अन्तरविरोधहरु सकिए होलान् तर नेपाली जनतासँग अझै गहिरो खाडल छ । राजनैतिक परिवर्तनको घटनाक्रमले तत्कालीन राजसस्था ताज्जुब र त्राहीमाम त भएको छ तर पनि उ अझै दरबार र सुरक्षाको नाममा नेपाली जनताको श्रमबाटै अभिमानको हँुकार फलाकिरहेको छ । जनताको रगत पसिना अझै उसैको भण्डारमा छ । राज्यकोषका वेतनभोगी जागीरेहरु अझै उसैका सेवामा तल्लीन छन् । यस्तो रवैयाको गणतन्त्र खासै विशिष्ट महत्वपूर्ण छैन । उ अझै आन्तरिक कलह र राजनैतिक अन्तरद्वन्द्वबाट फाइदा लूट्न ‘चिल आयो भनेर चल्ला चोर्ने’ दाउमा छ । यो अवस्थाबाट पार नपाई भविष्य यात्रा सारै जटिल छ । राजसस्था प्रतिको गुलामी गर्ने देशी विदेशी प्रभुहरु अझै पनि राजनैतिक दलहरुमा व्याप्त छन् । राजनैतिक दलहरुनै यस्तो व्यापारबाट मुक्त हुन सकेका छैनन् भने जनतालाई ‘म राम्रो छु, म भगवान हुँ, मरो खुसीनै सारा जनताको खुसी हो जसबाट ठूलै वरदान निगाह हुनसक्छ’ भनी घोकाएका कोरा दस्तावेजको छायामा हुर्केका कयौ नेपालीहरु कसरी मुक्त हुन सक्छन् । कुर्सी र दाम नै अभिष्ट भएका राजनैतिक दल नामका दलालीहरु र नेपाली जनताको स्वाभिमान र स्वर्थिक विवसताको लिलामीमा चुर्लुम्म डुबेका ठेकदारहरु आज एउटा ठूलो वाधकको रुपमा अघि देखिएका छन् । अनि जनताका पक्षमा अनुमोदीत दलहरु पनि पदिय खिचातानी र नोटकै विवसतामा मरिमेट्ने विगतको क्रमिकताको विहानीले दिउसोको पूर्वानुमान सहज बनाइदिएको छ । यस्तो अवस्थामा कसरी नेपाली जनताले शंकाको घर भत्काउने यो एउटा अहम् प्रश्न खडा भएको छ ।विगत तितो थियो । नेपाली सहनशीलताको त्यो उत्कन्ठा १९ दिने आन्दोलन मार्फत परिवर्तनका निम्ती आम रुपमा विष्फोट भयो । अब यो आकाक्षांको अपमान र बद्नामी कसैका लागि सुखद् रहन सक्दैन । राजसस्थाले छोडको उजाड विर्ताको तितो शुन्यतामा जनताप्रतिको वफादारीता र इमान्दारीताको प्रयोग अब जरुरी छ । जनता अब पनि पटक पटक राजनैतिक दलहरु र तिनका नजरका सहि र वफादार पिछलग्गुहरुको नाङ्गो नाचप्रति उत्तरदायी रहन्न भन्ने कुरा बुझ्नु जरुरी छ । राजनैतिक दलहरुको अहम्ता र अन्तरविरोधहरुले राष्ट्रियता र नेपाली स्वाभिमान माथि कसैको गिद्धे उपस्थिति निम्तायो भने त्यसको जिम्मेवार राजनैतिक दलहरुनै बन्नु पर्दछ । समय संवेदनशील र सीमित छ । इतिहासले कुनै ठूलै छलाङ्ग मा¥यो भन्नु भ्रम मात्रै हो । खोपिङ, छिल्ताङ अनि शिवपूरीका चिहानहरु अझै दुखिरहेका छन् । यस्तो अवस्थामा जनतालाई सहानुभूती दिन यो सरकार असक्षम भयो भने नयाँ नेपाल निमार्णको ब्रेक फेल हुनेछ र एउटा स्वभाविक दुर्घटनाको शिकार बन्नु पर्नेछ । जनतामा बाडिएका विगतका ताता सपनाहरुले आज जीवन खोजिरहेका छन् । शब्दहरुको खरिद गर्दै फुलबुट्टा भरेर सस्तो शुन्य कल्पनाले मात्रै परिवर्तन हुने भए मानव समाजको विशिष्टता आज खोज्नुपर्ने थिएन । यद्यपी अब राजनैतिक दलहरुमा नेपाली जनताको रगतको आहालमा पौडी खेल्ने अवस्थाको अन्त्य र सहकार्य जरुरी देखिएको छ । नेपाली जनताको विद्यमान अवस्था रस चुसेर छाडेको फूल झै सुगन्धरहित र रस निचोरेर फ्याँकेको कागती झै सिट्ठन र दाम्रो छ । सदिऔ देखि लुटिदै आएका नेपाली जनताका आवाजहरु र इच्छाहरु आज एकैचोटी विष्फोट भएका छन् र एकै साथ हजारौ समस्याहरु देखिएका छन् । अझै पनि अधिकाशं जनता खानैको लागि संघर्ष गरिरहेका छन् । यो अति असैह्य कटुसत्यता हो । विगतको केन्द्रीकृत शासनबाट उत्पीडित भएका सम्पूूर्ण श्रमिक, मजदुर, ज्यामी, भरिया, महिला, दलित, जनजाती, मधेसी, सिमान्तकृत जनताहरु त यहाँका अजिव विशेषताको रुपमै रहेका छन् । गरिब, निमूखा, भोकानाङ्गाहरु आज खान मागिरहेका छन् । टुहुरा, असाहाय, सडकबालबालीकाहरु आज फोहरका किटाणु झै शहरी सडकका गल्ली गल्ली फोहरका थुप्रोमा लडिबुडि गरिरहेका छन् जसले मानव राज्यको घमण्डलाई चुनौैती दिइरहेको छ । चुलो चौकोमा सीमित, घरेलु हिसांमा पीडित, बेचिएका महिलाहरु आज अधिकार प्राप्तीको लागि संगठित हुदै छन् । सुकुम्बासीहरु, घरबारविहिन, हलिया, कमैयाहरु, वादीहरु आज गास, बास र कपासको निम्ति संघर्ष गरिरहेका छन् । अपाङ्ग, असाहाय, विधुवा, वृद्धहरु अवसर र आरामको खोजीमा भौतारिरहेका छन् । मजदुर, श्रमिक, ज्यामी, भरिया, किसानहरु अझै बाच्नैको निम्ति पुँजिपती, जमिनदार, सामन्ती साहु महाजनसँग आफ्नो श्रम मुल्यहिन दाममा लिलाम गरिरहेका छन् । दलित, जनजाती, आदिवासी, सिमान्तकृत जनताहरु, लोपन्मूख जातीहरु आफ्नो सम्मान र अस्तित्व संरक्षणमा एकजुट भईरहेका छन् । मधेसी, तराईवासी, हिमाली, पहाडीहरु आफ्नो स्वाभिमानको निम्ति स्वशासित राज्यहरुको आवाज बुलन्द पार्दै छन् । समग्रमा नेपालका ६०% जनताहरु विभिन्न किसिमका जातिय, लिङ्गिय, क्षेत्रिय, वर्गिय तथा आर्थिक, सामाजिक, राजनैतिक तथा मानविय उत्पिडनबाट अस्तित्वकै लागि÷खानैको लागि संघर्ष गरिरहेका छन् । बाकी ४०% मा २०% निम्नि वर्गिय किसानहरु, निम्नि पुँजिपतीहरु, जागीरे, पेशाकर्मीहरु अनि मध्यम वर्गिय परिवारहरु छन् जसको जीवन त सुनिस्चित छैन तर वर्तमान उल्लासमय नै छ । र अन्तिम २०% मा उद्योगी व्यपारी, जमिनदार, पुँजिपतीहरु, साहुमहाजनहरु, सामन्तीहरु, उच्च पदस्थ व्यक्तिहरु, तथाकथित उच्च वर्गिय बुद्धिजिविहरु, अपराधिक गुटहरु, कुलिन तथा अविजात वर्गहरु अनि बुर्जवा राजनैति दलहरु नामका विकारहरु पनि छन् । हो विगत यदि हाृे ८०% मानिस २०% को गुलामी बने र उनिहरु चाहि सधै वैगम, बादशाहा र एक्कै बनिरहे । यो विषमता नै पटक पटक नेपाली जनतामा विद्रोहचेतको अाँधि उठानमा सहयोग पु¥यायो र त्यो उठान नै उदारवादका भिजलान्ते दलहरुको सत्ता लोलुपता र प्राप्तीको हतियार बन्यो । अब मान्छे मान्छे मात्र रहेन । मानविय संवेदनशिलता र विवसतालाई समेत मान्छेले व्यापार बनायो । लुटपाट, हत्या हिसां, बलत्कार, बलजफती, अपहरण, चन्दा आतङ्क, ठग प्रवृति, डाँकाफटाई र चोरीको ऋङ्खला नै देखायो यो मानविय क्षितिजको लाजको सीमा पारको बर्बरता नै रह्यो । जस्तो भर्खरै कोसीमा भारतीय असावधानी र कोसी सम्झौताले निम्ताएको विनाशकारी कोसीको रौद्ररुपको विस्थापनको पीडा भोगिरहेका हजारौ मानिसहरुको संवेदनशिलता र विवसतालाई समेत कयौ मानव नामका गुह्यकिराहरुले मौसमी व्यापार बनाइरहेका छन् । राहत प्रक्रियामा देखिएको छलकपट त वैधानिक निरन्तरता नै हो तर यो भङ्गालोले निम्ताएको विषमतामा ती किराहरु लुट्न र धनसम्पती कुम्ल्याउन तल्लिन छन् । जसलाई कुनैपनि मानविय आत्माले जन्मै देखि हुर्काएको घृणा नदिरहन सम्दैनन् । विगतका द्वन्द्वकालमा समेत सत्तामातको लुटपाटपूार्ण बर्बरता त वैधानिक ता नै मान्नु प¥यो तर जनताको असहज जीवनबाट मानवनामका कलङ्कहरुले समेत हत्या, हिसां, बलत्कार, अपहरण, चन्दा, लुटपाटपूर्ण कुकर्मबाट मानविय क्षितिजका अक्षम्य अपराध गरिरहे । यस्तो अवस्थामा राज्य कामक्रिडा र सोमरसको सागरमा डुबिरह्यो र चिच्चाउँदै थियो ‘आफू त माग्ने कसलाई के को वर’ अनि विदेशी दलालहरु उसका ठेकदार बने उनिहरुले नेपाली अस्मिताको बदलामा ती पशुहरुको चित्कारमा गुहार दिइरहे । यी ठेकदारहरुसँगको यिनिहरुको साँठगाँठले विदेशी दलालहरुले आफ्नो राष्ट्रिय सिमाङ्कनको सम्मानित आत्मालाई समेत लाई तिलाञ्जली दिए र हजारौ नेपालीको रगतको खोलो बगाउने गुह्य क्रिडास्थल बनाई दियो । यी मानव नामका कलङ्कित अनुहारमा ती वीर आत्माले सधै सिँगान र पित्तयुक्त थुक थुकिरहे । विगत वैधानिक शोषणको चर्को धुपमा स्थानिय तह सम्मै जरा गाडेको थियो । गरिबीको विवसतामा शाषकमात्र लागेन उसका बफादार पिछलग्गुहरु समेत कुकुरले हड्डी पाए झै दिलोज्यान दिइरहे । अझ भनौ छोटे राजनहरुको ग्रामीण भेग सम्म बाक्लो उपस्थिति थियो । तिनिहरु नै हुन झुपडीको छाना उतार्ने र घर मैलाउने मानव नामका बद्नामीहरु । यो यथार्थमा सामन्तवाद र त्यसको सञ्जाल अनि व्यपारीक दलालीहरु जसको बजारीकरण मानव किल्लाको कुनै स्थानमा वा छायाँ सम्मपनि पनि नभेट्नु अवस्यंभावी थियो । यहि क्षितिजमा अभाव, भोक, रोग, शोक त अकाट्य थियो । यहि भोक, पीडा र अभावले मानिसलाई अधःपतन गराइरह्यो । म यो वस्तुगत धरातलमा उभिएर विकास निर्माणको वा परिवर्र्तित समयको झझल्कोको कुुरा लेख्न असमर्थ छु किनकी ती मानव नामका पशुहरुको इज्जत सम्म पनि ख्याल नगरेर आफै मर्यादा च्यूत हुन चाहन्न । यहि अधःपतनको क्रमिकताले मृत्युको अदम्भ्यतालाई समेत चुनौती खडा गरिदिएको थियो । जनता घाईते बाघ भएका थिए जसको खतरनाकताको पूर्वानुमान गर्न नसक्नु नै पटक पटकको आन्दोलन र स्थापित आयमहरुको भागिदार बन्न पुग्यो । तर विद्यमान स्थितिमा समेत क्रमभङ्गता नदेखिनु दुखद अवस्था हो । जनताको मुल्यहिन जीवनप्रती कसैको ध्यान गएन सबै सत्ता थुमथुमाउने निकृष्ट खेलमै डुबिरहे जसबाट पीडित जनताहरु आफूमाथि थोपरिएको उत्पीडन नियती वा भग्यभरोसाको अर्थहिन घेरामा सामान्यिकरण हुन बाध्य तुल्यायो । १८ घण्टा श्रम गर्दा पनि खान नपुग्नु उनिहरुको लागि शोषण थिएन केवल नियती मात्र थियो र सधै आफुलाई धिक्कारी रहन्थे जीन्दगीको पुरै हिस्सा जहान परिवार पाल्दैमा बित्यो तर पनि दुखि रहेनन् किनकी यो सबै नियती नै रहेकोमा उनिहरु ढुक्क थिए । यो दुर्दशाको मूलोच्छेदन गर्न उनिहरुले प्रयास नगरेका हैनन् तर यसको जरो भेट्टाउन नसक्नु दुर्भग्य नै रह्यो । त्यसैले यिनिहरु सधै शोषित र शाषित मात्र रहे कहिल्यै शाषकको तहसम्म उठ्न सकेनन् । यसैले पुँजिपती, समन्तीहरु आफ्नो धन गन्नमा सफल भए किनकी हामीले उनिहरुको आयु निर्धारण गर्न चुक्यौ । हामीले विगतमा आफ्नै पतनको खाडल खन्ने राजनैतिक अभिष्टको गुलामी मात्र बन्यौं र उनिहरुलाइ राँइदाँइ गर्ने मैदान सफा पारिदियौं । अब पनि हामी जमिन जोत्ने मूसैै मात्र रह्यौ भने भावी सन्तति कहिल्यै सिंह बन्ने छैनन् । हो त्यहि धिक्कारबाट मुक्त हुन हामै्र लागि भोलिको निम्ति घर, परिवार, राष्ट्र र सम्पूर्ण मानव कै निम्ति जुरमुराउन सबै विदेशीयका र यो नारकिय जीवन विताईरहेका सबै नेपाली संगठित र चनाखो भइरहनु जरुरी छ । 

नयाँ नेपाल
आजको कालो बादललाई चिर्दै भविष्य यात्राको निम्ति नयाँ नेपाल निर्माण अपरिहार्य छ । सविधानसभा मार्फत स्वाधिन र जनमूखि संविधान निर्माणका लागि पूर्वाधार विकासको आवस्यकता प्रमूख विषय बनेको छ । लोकत्रान्त्रिक संघिय गणतन्त्रको सही व्यवस्थापन र हजारौ समस्याको राँको शान्त पार्नु अनि विगतमा लागेको घाउहरुमा मलमपट्टी लगाउनु अति जरुरी छ । जनता सदिऔ देखि समाज विकासमा वर्ग संघर्षको मसाल बोकी राज्य स्वामित्वमा ल्याउनको लागि यी दलहरुको स्वर्थमा होमिएकै हुन् र नपाए सम्म उनिहरु यो धरातलबाट आत्मसमर्पण गर्ने मानसिकतामा छैनन् । त्यसैले जनताको आँखामा छारो हाल्ने काम राजनैतिक दलहरुको भविष्य विनाशको पुर्जि बन्न सक्छ । त्यसैले जनतालाई छारो हालेर आफै बन्ने मनोविज्ञान उनिहरुले तत्काल त्याग्नु पर्दछ । अत अब संवेदनशिल भइ समयको सीमिततालाई ख्यालख्यालमा नउडाई जनतालाई सान्त्वना दिनु र राज्यप्रति उनिहरुको समान संप्रभुत्वको विकास नै सबैभन्दा महत्वपूर्ण कार्यदिशा बन्नुपर्दछ । अब पनि झुपडी धुवाँएन भने तपाईंहरुको महल पनि जलेर खरानी बन्ने निश्चित प्राय छ । यी अवस्थाहरु सस्तो भावुकता वा सतहि कल्पनाका प्रतीक पक्कै होइनन् । यी त आम यथार्थता हुन् । प्रत्येक वस्तुको जस्तै नेपाली जनताको पनि एउटा अतित र भविष्य छ र नेपाली जनताको भविष्य तथा अस्तित्व प्रतिको वेवास्ता निकै महङ्गो बन्ने गरेको तथ्य हामीबाट छिप्न सक्दैन । अतः अब सधै वसन्त आउनु पर्दछ सधैको चिसो सिरेठो युक्त शिशिर याम नेपाली सह्य क्षितिजको सीमा पार हो। असली गणतन्त्र र राज्यमा जनताको समूचित स्वामित्वको सुनिश्चितता र भौगोलिक अखण्डताको धरातलबाट राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको संरक्षण अहिले सबैभन्दा जरुरी र अत्यावश्यक पहलकदमी बन्नु पर्दछ । विगतका सुन र सिक्काको विवसताको राजनैतिक दलहरुको काला करतुतको जिम्मेवारी आज कोसी बासी भोगिरहेका छन् । भोली टनकपूर, कालापानी, गण्डकी अनि महाकाली मानविय गुुह्य चटकमा साथ दिन नसकेर बाजा नबजाई विष्फोट भयो भने त्यसको जिम्मेवार को हुने ? त्यहाँका पीडित बासिन्दा वा सरकार वा भारत । राष्ट्रिय अस्मिता बेचेर मोज गर्ने सदिऔं देखिका विभिन्न राष्ट्रिय दलालीहरु तिनिहरुका विदेशी ठेकदारहरु अझै ठाडो शिर गरेर नेपालीको अपमान गरिरहेका छन् र अझ अरु लिलामीको व्यग्र पर्खाइमा छन् । उनिहरुको क्रीडास्थलबाट मुक्त हुन अब राज्यले नै बदलिएर नयाँ पहल गर्नु पर्दछ । तब मात्र नयाँ नेपालका आधारहरु तयार हुनसक्छन । एउटा भोकोको लागि भोक भन्दा प्यारो वा महत्वपूर्ण केहि हुनै सक्दैन त्यसैले यी आधारहरु जनताका आधारभूत आवस्यकता पूर्ति मार्फत स्वावलम्वनको विशिष्टतामा मात्र सम्भव छ । जसका लागि गास, बास, कपासको व्यवहारिक सार्थकता सबैका लागि सबैभन्दा आधारभूत प्रथामिकता बन्नु पर्दछ । यो पटक पटक भनिरहनु मेरो लाजले मानव भन्नुको विशिष्टतामा उठाएको काँडेतार हो । र यहि आम यथार्थता हो जहाँ अझै लाखौ मानिसहरु एक छाक खानकै निम्ति दैनिक १८ घण्टा श्रम गर्न बाध्य छन् । यो शाषकको चस्मा लगाएर कुर्सीमा बस्ने आज सम्मका कसैले पनि देख्ने सौभाग्य प्राप्त गरेका छैनन् । वैदेशीक दासताबाट मुक्त हुन स्वावलम्वनको लागि आर्थिक, सामाजिक, राजनैतिक र मानविय सोचाइमा व्यापक मात्रामा रुपान्तरण जरुरी छ । अब सम्पूर्ण सामन्ती सम्बन्धहरुमा व्यापक फाटो जरुरी छ अनि जनमूखि राजनैतिक स्थयित्व अति आवश्यक छ । यसको लागि राज्यको पुनःएकिकरण र नविन ढाँचामा बदल्नु जरुरी छ । सम्पूर्ण जातजाती, संस्कृती, भाषा, धर्म, भूगोलको एकताको निम्ति उत्पीडन मुक्त संघियतामा राज्य पुनर्संरचना गरी जनतालाई सम्पन्नशाली बनाउनु र राज्य प्रतिका बफादारिता विकास गराउनु जरुरी छ । खाने, बस्ने, लगाउने पढ्ने, स्वास्थ्य सेवा पाउने, रोजगारी, श्रमसम्मान, असाहाय, अपाङ्ग र वृद्धहरुले सम्मान जस्ता अति संवेदनशिल क्षेत्रमा व्यापारिकरण नभई राज्यले नै ग्यारेन्टी लिनुपर्दछ । राज्यमा सबै नेपालीको समान सहअस्तित्व विकास र समावेशि उल्लेखनिय सहभागिता नै नयाँ नेपालको सुनिश्चित भविष्य बन्न सक्छ । अन्यथा यो प्रक्रिया आन्तरिक कलहको ठूलो भड्खारोमा फस्न सक्छ । अब बन्ने नयाँ नेपाल समुन्नत बनाउन आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक तथा मानविय रुपान्तरणमा नै पहिलो आधार हो । राजनैतिक स्थायित्व, शान्ति सुरक्षा, पूर्वाधार विकास, विकास निर्माणको युद्धतर सुरुवात, मानवअधिकारको सुनिश्चितता, श्रम पलायन मुक्त अवस्थाको विकास, श्रमसम्मानको विशिष्टता, सृजनशिलता र श्रमशिलताको पूर्ण विकास, सम्पूर्ण जनताको समान आर्थिक, सामाजीक र राजनैतिक हैसियतको संवैधानिकता, समूचित सा्रेत—साधन सहितको संघिय व्यवस्था, सामन्तवाद मुक्त सुन्दर प्रतिस्प्रधात्मकता, स्वाधिन, स्वावलम्वि र स्वशासित राष्ट्र, विदेशी दाशता र उपनिववेश मुक्त इलाका, सुनिश्चित मानविय जीवनको ग्यारेन्टी, स्वच्छ र पारदर्शि प्रशासन संयन्त्र, विज्ञान र प्रविधी उन्मुख पहलकदमी, उत्पादनमूलक शिक्षा प्रणाली, औधोगिकिकरण तर्फका पहलहरु तथा राज्यकोषका वेतनभोगी जागीरेहरुको वृद्धि नभई श्रमशिल नागरिकहरुको विकास र उनिहरुद्वारा नै व्यवस्थित प्रशासन यन्त्रको विकास र समाजिकृत सुन्दर मानवहरु नै सबैभन्दा महत्वपूर्ण धरातलिय खम्बाहरु हुन् जसको मजबुतिले मात्र नयाँ नेपाल सम्भव हुनेछ । अन्तत नयाँ स्वाधिन, समुन्नत, शान्त नेपाल निर्माणमा पाइलाहरु बढ्नेछन् र यस क्रममा नेपाली जनताले अद्भूत अनुभुत गर्न पाउनेछन् भन्ने आशा राख्नु बाहेक हामीसँग विकल्प छैन यसको मतलब जनताले असहयोग गर्छन भन्नु पक्कै होइन । नयाँ सरकारले यसतर्फ यथासिघ्र अग्रसरता देखाई राम्रो व्यवहारिक सुरुवात गर्नु पर्दछ । सविधान निर्माण मात्र विशिष्ट महत्वको छैन तर यो त्यती गौण विषय पनि होइन जसरी ज्यादा मकाएको भए सालैको रुखमा पनि हात्ति बाध्नु खतरा हुन्छ त्यसैगरि पुर्वाधार र संरचना बीनाको संवैधानिक दस्तावेज पनि फिक्का हुनजान्छ । सविधानसभाले द्वन्द्व व्यवस्थापन गर्न सक्नु पर्दछ यसले द्वन्द्व निम्त्याउनु कदापी हुदैन । नेपाल केन्या नबनोस् । तामिलहरुको वेवास्ताले निम्त्याएको श्रीलङ्काली पृथकतावादी विद्रोह झै यहाँ आन्तरिक कलहले जन्म नपाओस् । सविधानसभा एउटा साधन मात्र हो साध्य होइन त्यसैले यसको सहि प्रयोग जरुरी हुन्छ । अब निर्विकल्प स्थायित्व, शान्ति सुव्यवस्था र आर्थिक विकास जरुरी छ । अन्यथा फुलिसकेका बदामका झ्याङ्गहरु वसन्तमा शक्ति प्रदर्शन गर्न उठे झै नेपालीहरु फेरी उठ्नु नपरोस् । यो दुभाग्र्य कहिल्यै हेर्नु नपरोस् .

0 comments: