ऊ सीमाङ्कन खोज्ने घनचक्करमा कहिल्यै
भौंतारिएन
न त आफ्नो पहिचान खोज्ने अगम्यतामा नै
उसले देश पढेन मैले जस्तै
र देशपुत्रको अहम्ताको घण्टा कहिल्यै
बजाएन,
त्यो बढी खरानी घस्ने नयाँ नेताले झैं
।
मैले देश सोधेँको थिएँ
उसले कुन्नी धराबासी भन्दै थियो ।
उसँग मात्र दुई हात अनि आफ्ना नामका जहान
परिवार
उसका पुर्खा यहि माटोमा खहरेसँग बढारिए
उसले भौतिक सीमाङ्कनसँग बिदा लिएको वर्षौ
बिते
मसँग काँध नमिलाएको पनि वर्षै भईसके
ऊ मधेसको फसलपवित रोधीमा ननाचेको वर्षौ
भयो
गोरु झैं ननारिएको(ननिमोठिएको पनि वर्षौ
बिते
नारियोस पनि कसरी,
अर्काको विर्तामा अनि भोकको सुर्तामा
।
ऊ एउटा जीवन र जहान–बच्चा च्यापेर
बिरालोले घर सारे झैं
पहाड भासिएको धेरै भईसक्यो
सायद ऊ राजधानीको सभ्य भनिएकाहरुको बस्तीमा
दिसा–पिसाब, अस्थिपञ्जर र धुलाम्मे गन्दगी
सडकपेटीमा
त्यो उच्चाट लाग्दो अशिष्टताको सिरानीमूनी
अस्तव्यस्त कोलाहाल तथा चित्कार बीच
विशिष्ट सभ्यताको रसास्वादन गर्दै होला
।
त्यो घण्टाघरले हिड्न नमानेको धेरै भयो
रे
तर कसैको मृत्यु सूचक बनेर किन हिड्नु
र रु
ऊ निर्विकल्प त्यहीँ मूनी छ
किनकि उसलाई बाँच्नु छ
र बाँच्न समय दौडाएर सकिन्न ।
उसले जीवनलाई सर्पले झैं काँचुली फेराएन
न कुनै एषणा वा आवेगहरुमा पिल्सायो
विवेक बन्धनले अन्धा भएका नीरिहहरुसँग
उसले आफ्नो निरपेक्षता कहिल्यै डगाएन
आफ्नो कुसुमी–हृदयका विरासत वा पदचापहरु
कहिल्यै मेटाएन
र पो ऊ यत्र–तत्र वितत छ
विपूल अनि पृथुतम छ
किनकि ऊ श्रमआसक अब्धी हो
त्यही हो उसको झिझिया
त्यही हो उसको रातो बिहानी
उसले रात र भुत गाडेको छ
बिहानीको कुन्था बोकेर अभिसप्त बाँचेको
छ
उसलाई थाहा छ
गाडेको मुर्दा मफत उधिन्नु ।
बिहानीले दिउसो जन्माउँछ
र दिउसो रातको नीदरीमा लोलाउँछ
र त्यही रात बिहानी खोज्ने दौडाहामा
अविरामा यात्रातुर हुन्छ
र शीतको विनु झैं
बिहानीको लाजसँग छोपिन्छ ।
तर ऊ अटल–अचल छ
न त कादम्बिनीले उसलाई मैलाएको छ
न सौदामिनीले उसलाई चम्काएको छ
उसका अगाडि सबै लाचार र नीरिह छ
उसका अगाडि शिरनमन गरेर
यो ब्रमाण्ड चराचर घोप्टिन्छ ।
न अन्तर्दिलको कुनेटोमा
निराशता र विवसताको अर्तनादले विषाक्त
छ
उसले सम्र्पुण धरातललाई गिज्याइरहेछ
र लाग्छ त्यो विवस र नाजुक धरातल
जीब्रोमा लगाम लगाएर
उसको सेवा शुश्रुवा र हितमा निमग्न छ
।
त्यो उराठ र तातो अन्नभूमिबाट
उर्बरहिन प्रकृतीको परीसँग ठोकिदा
उसका खुट्टामा बिझेका सिसाका टुक्राहरु,
मानव हो वा पशुका अस्थिपञ्जरसँग चिप्लदा
समेत
उसको खुट्टामा बगेको खुनसँग
उसले बदलाव बोकेको छैन
उसले अझै मान्छेप्रति
घृणा वा वितृष्णाको क्लेश समेत उमारेको
छैन
उसले बुझेको छ
ऊ त्यो अनकन्टार कन्दरामा
लहलहाउने सिस्नु र अँगेरी चपाउँदै छ ।
अग्घोर र उत्कट सभ्यतातिर
बगिरहेको त्यो अविछिन्न खहरे हेरेर
उसले मार्गशिर्षको अपेक्षा अंकुरीत गरेको
छ
खहरेसँगका अभक्ष्य अवयवसँग
उसले मुख गाडिरहेको छ
र त्यो अक्षुण विवसता बीच ऊ उच्छ्वसित
छ
उसले अवला पशु झैं छाँदमा जेलिएर
आफ्नै जस्तै स्वरुपका मुर्तिहरुको पाउ
पखालिरहेछ
लाग्छ ऊ शुन्दर मुर्तिको बेतलवी पुजारी
हो,
ऊ विक्षिप्त मुस्करित छ
किनकि ऊ त्यही श्वास भएको मुर्ति चक्काईरहेको
छ ।
गाफिलसँग उसको सरोकार छैन
मात्र त्यो नियात्रामा निरन्तरता दिनु
छ
उसका दुई गवाक्षको के खोट
अजादीको साहित्य रच्ने
त्यो श्रष्टामनको के दोष
उसका इन्द्रियका आपणमा थापिएका
किम्मती अहिस वा तितिक्षाको
त्यो निर्दोषितामा किन जलोस
त्यो सार्वभौमिकतामा कसको प्रतिरोध रु
त्यही अभिनवतामा नै ऊ शासित छ
यो जीउँदो सवाङ्र्ग नग्न धरतीमा ।
हिमाल धुपमा आफ्नो उचाई घटाउँदछ
तर उसले गर्मिमा उचाई थुपारेको छ
किनकि त्यही समय हो, यो नराधाममा
हावा धुलोमा छोपिएर नक्कली बन्ने
अनि अरुमा आसक भई अस्मिता बेच्ने
र त्यही कुमारीत्व खोज्न भौतारिएका
सभ्य, शुन्दर र प्रगतिशिलता तर्फ उन्मुख
ती अति उच्च र उर्वरशिल श्रेष्ठ मानिस
जसको खराउमा त्यो मेरो दौंतर रङ्ग पोत्छ,
जीवनका बाँकी पाटपुर्जामा खिया लगाउन
।
त्यो त्यही भूमि हो
जहाँ कोही पहाडे(मधेसेको अफवाह खेतीबाट
अपार अदाच्छे भण्डारण गर्न सफल छन्
अनि यहि र यहाँको भूमिमा
जहाँ मेरो त्यो लगौंटियार
खालि पाना जीवनका अक्षर जोड्न
युगौं युग अविछिन्न धायो
अनि उसले मागेको भन्दा बढी नै बाँड्यो
रुखो क्षुधाको मुखमण्डलमा उसले सुन झुलायो
उसले मान्छेमा मान्छे भन्दा केही देखेन
न पहाडे, न मधेसे, न हिमाले, न ऊ, न अरु
ऊ मधेसी जमिनदारको दाश थियो
श्रम मुल्यको उसमा कुनै अपेक्षा थिएन
जिम्मेवारीमात्र सम्झ्यो श्रमलाई
तर खालि पेट कोही पाजीको किन भर्नु भकारी
आफ्नै शिरमाथिको बोझ ।
भोका, नाङ्गा तर सघन श्रमबस्ती यहि हो
प्रथम कौवल्यको बिहानी उसले टिप्नुपर्छ
झुप्रा, छाप्रा, चिथ्रा र चिथरामा
च्यातिएका सतरञ्जा मात्र सुहाउँछ
तर विवस १ बलाद् शोषण र दमन,
उन्मुक्तिको कमजोरीको बजार,
लिलामीको ताण्डब त्यो मुटुको,
कुत्सित दुसाध स्वार्थमा दुर्गमताको कसिकसाई,
आँखा चिम्ली छातीहरुको भर्याङ्ग ।
जो नुहेर उसको जुत्ताको फित्ता खोल्न
लायक छ
तर उल्टो आज उसैको पाउलागी
तर पनि उसले शुन्दर मानव देखेको छ
जो उसको कल्पनामा श्रमशिल, विवेक र किम्मती
छ ।
खोई उसको राष्ट्र रु
खोई उसको पहिचान रु
कुन हो उसको जनमथात रु
अनि के हो र माटो रु
उसले जीवनभर जीवन खोज्यो
जीउँने बहानामा गाँस टिप्न दौड्यो
उसले पहाड चढ्दा मधेस ल्याएन
ऊ हिमाल जाला पहाड बोक्दैन
र फेरि तराई झर्ला हिमाल बोक्दैन ।
उसले प्रत्येक हृदयको भावभङ्गी पढेको
छ
तर कहिल्यै भेटेन,
पहाडे, मधेसे, हिमाले, विहारी, बर्माली,
कर्माली
बेतुक, बेढब र कुरुप ढाँचा देखेन
त्यो शुन्दर र अक्लान्त मान्छेमा ।
उसले आफुलाई पनि केरेको छ
उसले देश भेटेको छैन, भेष भेटेको छैन
जहाँ अब्बल अपनत्व होस्, श्रमको
पहिचान र नागरिकता खोजेका छैन
जहाँ मान्छेको असलियत भेटियोस् ।
तर उसको देश त्यही सन्दुस र सडकपेटी
हो
अनि उसको नागरिकता त्यही ब्रस, काली,
तुना र तलुवा हो
उसको ओत भन्नु त्यही घण्टाघरको छायाँ
कति दिग्गज र तिरिखुरी समुन्द्र
जो अगम्य, अथाहा र अभ्यस्त छ
त्यही मेरो दौंतर
जुत्ता पालिस गर्ने मान्छे रामरतन मधेसे
0 comments:
Post a Comment