2065-1-15
सविधानसभाको निर्वाचन मार्फत नेपालमा सदिऔ देखि मौलाएर बसेका बुढा रुखहरु ढलेका छन् । त्यो आँधीले विगतका यथास्थितिको कोरा आडम्बरमा रम्ने सबै कालो बादललाई बढारिदिएको छ । अनि नयाँ विचार र नयाँ धरातलमा उभिएका माओवादी र मधेसी दलहरु दलहरु नै उदाउन सफल भए । यो सुखद परिघटना हो । नेपाली इतिहासले एक पटक फेरी परिवर्तनको बिज उमारेको छ । अनि यो उपस्थिति वास्तवमै विगतका शासकहरुको कालो करतुत र तितो उपस्थितिको उपज नै हो । मधेस आन्दोलनले माओवादीले युद्धकालमा उठाउदै आएको संघियतालाई सवैधानिक हैसियत सम्म उठाउने विशाल पहलकदमीको नेतृत्व त ग¥यो तर त्यसबाट एउटा ठूलो विखण्डनवादी बहसको जन्म गरायो । जसको निरन्तरता मधेसवादी नामका क्षेत्रिय संक्रिणताको पगरी गुथेका भारतढोगले सजियका मधेसवादी कै घमण्ड रह्यो ।
मधेसवादी दलहरुले काङ्ग्रसी ब्रजस्व रहेका तराइका विर्ताहरुलाई त नराम्ररी हडप्यो र मधेसमा आफ्नो ससक्त उपस्थितिको सङ्खघोष ग¥यो । तर त्यो उठाइ केवल मधेसका चौघेरा मात्र रहे न उनिहरु मानसिक रुपमा यो संक्रिणताबाट माथि उठ्न सके न भारतपरस्त ढोगवादको स्वभिमानी लिलामी नै तोड्न सके यो नै सबैभन्दा विषालु र खतरनाक पक्ष रह्यो । यो भनिरहदा मैले मधेसका व्याप्त चरम मानविय शोषण जुन विगतमा राज्य र त्याहाँका पुँजीपती, व्यापारी, जमिनदार र सामान्तीहरुकोे मानविय निकिष्टताको पराकाष्टको क्रमभंङ्ग र उनिहरुको मुक्तिको अति संवेदनशिल अवस्थालाई कहिल्यै वेवास्ता गरिन् । हो मधेस विगतमा राज्यबाट चरम शोषणमा रह्यो । कसैले माने पनि नमाने पनि नेपालको तराई क्षेत्रमा जति श्रम गर्नसक्ने श्रमशिल र सहनशिल मानविय बस्ती कतै छैन । त्याहाँका ६०% भन्दा बढी मानिसको आफु र आफ्नो परिवार वाहेक कुनै पनि वस्तुहरु आफ्नो स्वमित्वमा छैन । उनिहरु सधै जमिनदार, व्यापारी, पुँजिपती, सामन्ती र साहुमहाजनको गुलामी मात्रै बने यो सबैभन्दा दर्दनाकपूर्ण याथार्थता हो । त्यसैले यो क्षेत्रको मुक्ति पहिलो प्रथामिकता बन्नुपर्दछ । तर यसको मतलब नेपालका अरु क्षेत्रहरु पनि शोषण, दमन, अत्याचार र थिचोमिचोबाट अलग छन् भन्नु निर्विकल्प मानविय कित्ताको दृष्ट्रिमा फुलो पर्नु हो । हो यहि जनताका कमजोरीहरुलाई प्रयोग गर्दै मधेसी दलहरुको चर्को नाराबाजीले उनिहरुलाई आज यो हैसियत र स्थानमा पु¥याई दिएका छन् र यो दिर्घकालिन पनि छैन । यद्यपी उनिहरुले त्यो कमजोरीलाई सधै उधारो बजारीकरण र अस्तित्व बचाउको अर्थहिन खाडलमा मिल्काईदिएका छन् । आज पनि त्याँहाका गरिब बस्तीहरु दुइ छाक खानकै लागि जीवन पुरै मुल्यहिन वस्तुको रुपमा लुटाई रहेका छन् । यो यथार्थतालाई नजरअन्दाज गर्दै मधसी दलहरु एक मधेस एक प्रदेशको विखण्डनकारी विषयवस्तुमा मरिमेटिरहेका छन.् जसबाट उनिहरुको मधेसी जनता माथि शासन गर्ने र आफू बन्ने राजनैतिक अभिष्ट पुरा गर्न सकियोस । आज मधेसमात्र उनिहरुको नारा बन्नु आफैमा विल्कुल स्वभाविक छैन । कतै यिनिहरुको आत्मा पनि भारतीय दलालहरुको सुनको लोभमा पतित त भईसकेको छैन ? यो वस्तुगत सापेक्ष शंका मात्र हो ।
वर्तमान अवस्थामा मानविय अहमता र अकर्मण्यताले देखाएको कोसीको रौद्ररुपलाई मधेसी दलहरुको परिभाषाले समेत भारतपरस्त निरन्तरताको संकेत गर्दछ । हजारौ विस्थापित गराएर भारतीय सरकारले देखाएको बडप्पनलाई उनिहरु आज मानविय कमजोरी र २५ अप्रिल १९५४ को असमान कोसी सम्झौतालाई मान्न तयार छैनन् । उनिहरु बरु यसो भन्नु मधेसमा भारत विरोधी भ्रम फैलाउनु हो भन्ने निराधार तर्कहरु सार्छन । निस्चित रुपमा नेपाल र भारतको खुुला सिमाना र नेपालमा व्याप्त गरिबीको कारण नेपालीहरु भारतमा श्रम गर्न बाध्य हुनु अस्वभाविक छैन । मधेस र भारतको समान धार्मिक, सांस्कृतिक, भाषिक जस्ता वस्तुगत धरातलले उनिहरु बीच निकट सम्बन्ध रहनु पनि अस्वभाविक छैन तर हाम्रो गरिबी र विवसताले आफ्नो स्वभिमानको लिलामी कदापी स्वीकार गर्न सक्दैन । मधेसमा व्याप्त असमानता र शोषणलाई सरकारले चिर्न सक्नुपर्दछ तर स्वाभिमानको लुटाई निर्विकल्प अपरधिक नै हुन्छ । कोसी बाढीले पहाडिया र मधेसीहरु बीचको खाडललाई पुरी समान सहअस्तिव्वको विकास गराउन सहयोग त ग¥यो तर राज्यको केन्द्रमा बसेर मधेसी दलहरुले भारतपरस्त ढोगवादलाई मात्र डम्फु पिट्ने पछिल्ला घटनाक्रमले सम्पूर्ण नेपाली जनताको स्वाधिन सिमाङ्कनबाट आफूलाई क्षेत्रिय संक्रिणता र भारतीय स्वार्थको गोट्टिको भिन्न किल्लामा उभ्याएका छन् ।
भारतिय हस्तक्षेपले सिमा नाग्दै गरेको अवस्थामा त्यसका ठेकदारहरुको रुपमा नेपाली नामका कुलङ्गारहरु अझै विभिन्न दलहरुमा शिर उँचो पारी गर्व गरिरहेका छन । मधेसी दलहरुपनि यो अवस्थाबाट पार नपाउने हो भने उनिहरु पनि नासिनेछन् । अब पनि पीछडिएका मधेसी जनताहरुको विवसतालाई कसैले आफ्नो राजनैतिक अभिष्ट पूरा गर्ने हतियार बनाउछ भने त्यो निरर्थक हुन्छ । यो सुकेको हागोमा झुण्डिएर मच्चिनु बराबर हो केन्द्रिकृत राज्यप्रणालीले विगतमा सम्पूर्ण नेपालीलाई रुवाएको छ । हुनेखाने केहि व्यक्तिहरु मालिक बने तर श्रमिक, मजदुर, किसानहरु र नहुनेहरु त सधै मरिरहे यो नेपालको तल्कालीन सत्यता हो । अब मधेसीदलहरु पनि यो यथार्थताको पहाड चढ्न सक्नुपर्दछ । मधेस मुक्तिको क्षेत्रिय एकांकीवादले उनिहरुलाई सधै मानव बिरोधी किल्लामा उभ्याउने छ । अब सम्पूर्ण नेपाली मुक्ति हुनु नै नयाँ नेपालको आधारशिला हो ।
सघिय संरचना सहितको राज्यपुनसंरचनाको वैधानिकताले पूर्णता पाउन अब सम्पूर्ण सक्रिणता त्यागेर सबै मानविय किल्लामा उभिएर उन्मुक्तिको प्रथामिकता क्रम निर्धारण गर्नुपर्दछ । राजनैतिक दल नामको झुटको झोली बोकेर संघियतामा समेत अर्को नवसामन्तवाद वा नवउदारवादको छाँया पर्न सक्ने तर्फ सबेैै नेपालीहरु चनाखो रहनुपर्दछ । मानव मुक्तिको निम्ति क्रान्ति गर्नेले कुनै पनि क्षेत्रिय सिमाङ्कनमा बाधिनु दरिद्रताको अन्तिम बिन्दु हो । अब मानविय अनुदान नै सबैभन्दा सच्चा र एकल राजनैतिक अभिष्ट बन्नुपर्दछ । संकुचित मानविय स्वार्थको विवसताले निस्केका अन्धकारको चित्कारलाई राष्ट्रियता र मानवियताको सम्मान बोकाउन सकिदैन । मानविय उद्दारको निम्ति कुनैपनि सिमा पारलाई सहि मान्न सकिन्छ तर कसैको सम्मानित राष्ट्रिय सिमाङ्कनलाई चुनौती दिने लज्जित काम क्षम्य हुन सक्दैन । अन्तत अब हाम्रा राजनैतिक दलहरु सबै किसिमका संकुचित चौघेराबाट बाहिर निस्कि राष्ट्रियता र नेपाली जनताको स्वार्थ पुर्तीको एकल बिन्दुमा अटल संयोजन जरुरी छ । अन्यथा यी हलक्क बढेका झारहरु पनि चालै नपाई पतन हुनेछन् । त्यसपछिका तिमा (दलहरु) पतित पशु चित्कारमा कसैले गुहार दिनेछैन ।
0 comments:
Post a Comment