बाँडिसकें जीवन अखिर छाँयाभित्र लुक्न
खोज्छु
छाँया पनि नभेटिने औंसीको त्यो रातमा
पनि ।
दुई(तीन रातको बसाईमा मान्छे बन्न सकिन
म
मान्छे(मान्छे भेट हुने धर्तीको यो साथमा
पनि ।
अतीतको आँगनीमा बिउँझाउँछ मन किन
अमृत नै देख्छु किन बिषालु त्यो जातमा
पनि ।
आँखा चिम्ली बाँच्न चाहे अँधेरीले पछ्याउँछ
सपनीले जिस्काउँछ छाड्दैन त्यो रातमा
पनि ।
जुनकिरी नै साथ हुन्छ अँधेरी त्यो रातमा
पनि ॥
0 comments:
Post a Comment