अदाच्छे भण्डारणको एकै स्वार्थ
संवेदनहिन मेसिन झैँ
खिया लागेका पाटपुर्जाकै रुपमा
आज मान्छे विकसित र उन्नत
श्रेष्ठताको अनुपम बसाइ
खुल्ला चोकको गगांलाल श्रेष्ठ ।
अजब छ यो मानव
तिर्खा छ, तृष्णा छ
एकलब्य छ, भगिरथ छ
उहि आफ्नै धुनमा
उहि दुर्गम अभिलाषाको जिजीविषामा
यो कस्तो मान्छे
उसँग छ,
दुरुह दिदृक्षा
दुस्तर चाहा
द्रवित हृदय
निष्कण्टक नृपषु
अनि प्रारब्धको विजीगिषा
आज घृणा छ म मान्छे माथि
मेरो हुज्जती माथि
मेरो मान्छेको सनक माथि
मेरो आयुशेष माथि
मेरो दुसाध स्वार्थ माथि
आज मैले देखेँ,
ती अदना, पथराहरुको जीवन
जो स्वास फेरिरहेछन
जो अझै ललकार्दै छन्
अन्धकार इतिहासको अभियन्ताहरुलाई
धत् ! म त के मान्छे,
अब बल्ल मान्छे बन्नुपरेको छ
अभिनव जीवन
मान्छे भएको जीवन
अलबत्ता अवसादले चिथोरेको नवमानव
धरतीको सात अरबको प्यास मेट्ने
श्रमधारा, अमृतप्याला बोकेको
मसाल बोकी उज्याले छर्ने
मानविय श्रेष्ठताको उच्च मुल्य भएको,
किम्मती
मान्छे भएको नवमानव ।।।
निरिह जीवन .............................. २०६ २ साल
भरोसाको दिपनेर झुम्मेको छ एउटा मान्छे
खोजिरहेछ जिजीविषा आफैभित्र एउटा मान्छे
।
प्रारब्धको तरासभित्र छैन कुनै छलाङ
तन्मय छ, न उल्टाउने जरह कुनै चाहाना
।।
कोही छैन यो तूष्णीकको न छ एउटै दलिल
खोजिरहेछ आफैभित्र गर्दै दुर्दम दगलफसल
।
देखि आशा भयो देखतभूली पुग्यो क्षितिजमा
नदारत त्यो दुस्तर चाहाको फस्यो दुस्चक्रमा
।।
देख्यो बारबार दिप आशाको पुगेन् समिप्
पनि
तोड्यो तितीक्षा आज आफै उसले ठूलै तर्जित्मा
पनि ।
उठ्यो हृदयको क्षितिज उसको चढ्यो दुर्गम
जङ्गाल
भागे ठगाहारी सब उसको हट्यो अन्धकार ।।।।।।।।
0 comments:
Post a Comment