भोको विहारी

हुन त म,
राष्ट्र सिमाङ्कनको संगिन धर्कोलेबाँधिएको अवला मनुवा हुँ ।
न मलाई नेपाल भन्ने सिमाङ्कनले
उन्मुक्त विलय गराएको छ,न मेरो अन्र्तआत्मामा अंकुरित
मानव बिजलाई निमोठेको छ ।
त्यसैले त हिन्दुस्तानका चालिस करोड
मेरो हृदयको चित्रालयमा — एक÷एक उपस्थित छ,
जो म होइन,
तर पनि हिन्दुस्तानीका कोरा कागजमा
अक्षर बनेर लगातार गगां झैँ बाक्लिँदैछ ।

हुन त मलाई थाहा छैन,
चारु÷कानुले देखाएको सपनामा
ती चालिस करोडको गास छ ÷छैन
साहिबाबा वा बाबा फेसनको भक्त विलासमा
तिनिहरुको कुरुपता पखाल्ने अमृत प्याला छ ÷छैन
मान्छे हराइ हात फैलनुको बाहुल्यतामा
धुलो माथिको स्वप्न इमारत
जनचटकरुको प्रतिलोम
जल्लादहरुको भावुक श्लाघा ।

चालिस करोडको स्वायक्तता भित्र
विशाल वृक्ष छहारीमा,
अम्मली त्यो मानव
मेरो देखतस्मृतीको,
अकाट्य चित्राकृती
रहरहरुको पथपरेजमा,
स्वप्नहरुको फोगिन व्यापारी ।

भौतिक उचाइको पर्खाल भित्र
पत्थरी मानवको रुक्ष बुँदमा
दावाग्निको प्राणहरण
यो एक रहर राज्य नामको
आखिर राज्य माना होइन
तब किन बन्थ्यो राज्य अहम्
आखिर भोकको राष्ट्रियता हुन्न ।।

बालबनिताको निर्दोष अलापमा
पहाडी धुलोको पदबक्रिय घाउहरु
श्रमशिखरका श्रेष्ठ पुरुष
लौह गुन्टाको विपुल बोझले
सौदाबाजी वा एकाध क्रोधले
उन्मुक्त खिल्लाको, अहंकारको
खुन पसिनाको संक्रिण ठम्याइ भित्र
गहिरिदो डोबहरुको पदचाप मेट्न
सामथ्र्यहिन मैदानी रैथाने
मेरो बस्तीको कुना —कुना
नाङ्गो खुट्टाको रक्तछाप कोर्दै
कबाडी नामको वेतलबी अभिधामा
वा चिरहरुको गुलामी बन्दै
क्षुधा—प्यासको दैनिकी खोज्न
अग्ला मान्छेसँग — अपनत्व बेच्दैछ,
त्यो भोको विहारी ।।

आखिर भोक राज्य नै हो
मानविय उत्खनन्को शोषण हो
उब्जाउको अनुपमतासँग
श्रम सिमाको बन्धन –कमजोरी हो
लुटको धन फुपुको श्रद्धा
एक अघोषित नियत हो
त्यो विहारी, मधेसे र पश्चिमे हलिया
त्यसैको नियतगत अभिष्ट हो ।

पहाड भासिएको भोको विहारी
मुल्लान भासिएको पहाडे तरुणो
एउटै आवेगको रफ्तारमा
सिमाङ्कनको अंकिय पुर्जिसँग
श्रम—पसिनाको मुल्य खोज्न
कोही अहंकारको सिकार बन्नु
मानव श्रेष्ठताको नक्कली ढाेंग ।

चुलिँदै गएको उसको सिमा
भोकले चिढिएर पाउ पर्नु भन्दा
सम्मान साथ मुल्य खोज्नु
कृतिमताको जलपीसँग
निडर ललकारको उसको कर्म
मेरो उच्च स्नेहको पहाडसँग
मेरो कृतिमताको पर्खालसँगको
चुनौतीसँग एकगठ भएको छ ।
कसैको कृतिमताको सदस्यता भन्दा
उसले आफ्नो उद्यमको मुल्य खोजेको छ
त्यसैले त मलाई उसले बारबार दुखाउँछ,
हाय ! त्यो कठोर भोको विहारी
जसको कर्मसँग म अगम्य छु ।।।।

0 comments: